फलामे गेटले किचेर एकको मृत्यु

Posted on: 11 Aug, 2017

साउन २७, मोरङ । फलामे गेटले किचेर आज यहाँ एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा विराटनगर महानगरपालिका – ११ जनपथ टोलका ४५ वर्षीय गणेशप्रसाद आचार्य रहेका छन् । 

विराटनगर – १० का मनिष अग्रवालको गाडी चलाउँदै आएका आचार्य गएराति घरभित्र गाडी पार्किङ गरेर फलामको स्लाइड गेट लगाउने क्रममा उक्त गेट लडेर किच्दा गम्भीर घाइते भएका थिए । 

घाइते आचार्यको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!