बाढी पिडीतहरुलाई घोडाघोडी अस्पताले गर्यो निःशुल्क उपचार

Posted on: 15 Aug, 2017

साउन ३१, कैलाली । घोडाघोडी अस्पताल प्रा.लि सुखडले बाढी पिडितहरुलाई निशुल्क चेक जाँच तथा उपचार सेवा दिएको छ ।

प्राकृती प्रकोपमा परेका  पिडितहरुका लागी घोडाघोडी अस्पतालले आज एक दिने निःशुल्क शिविर सञ्चालन गरेको हो ।बिहान ८ बजेबाट सुरु भएको शिबिर साझ ५ बजे सम्म चलेको हो ।सिविर बाट ६७ जनाले निःशुल्क सेवा लिएका छन् ।

प्राकृतीक प्रकोप बाट बाढी पिडीतको स्वास्थ्यमा बिभिन्न समस्या देखा परेकाले निः शुल्क  शिविर सञ्चालन गरेको अस्पतालका अध्यक्ष बिष्णु प्रसाद सापकोटाले बताउनु भयो । 

सिविरमा घोडाघोडी नगरपालिका,लम्की चुहा नगरपालिका, गौरिगंगा नगरपालिका, भजनि नगरपालिका बर्दगोरीया गाँउपालिका, कैलारी गाउ पालिकाका नागरिकले सेवा लिएको उहाले बताउनु भयो ।

बाढी बाट पिडित भएकालाई केही राहात पुगोस भन्ने उदेश्यले सिविर सञ्चालन गरेको भनाई उहाँकोछ । आज अन्य उपचार सेवामा समेत अस्पतालले २० प्रतिसत छुट दिइरहेको हो । -जीवन बिष्टको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!