दुखेको तराइको पिडामा सहयोग गर्न पहाडबाट झरे युवा

Posted on: 25 Aug, 2017

महेन्द्र केसी /पर्वत । गित छ ‘पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ ,आँधी आए तराइमा पहाडले छेक्नु पर्छ’ । डुबान र बाढी बाट यतिबेला तराइ रोइरहेको छ १ सय ४० जनाको ज्यान जाने गरि र लाखौ घरबार बिहिन हुनु परेको यो पीडाले सबै नेपाली दुखी बन्नु परेको छ ।
बाढीबाट ५० हजारभन्दा बढी घरहरु डुबानमा परेका छन भने लाखौ मानिसहरु प्रभावित बनेका छन् । बाढीले डुबान परेको तराईका बासिन्दाहरुको लागि राहत संकलन गर्नको लागि पहाडमा युवाहरु जुटेका छन् । गीतको बोल र भाव जस्तै गरी पहाडीमा रहेका विभिन्न संघसंस्थाहरुले राहत संकलन कार्यलाई तिब्र पारेका छन् ।
मातृभूमीका लागि पर्वत सेवा समाजले हालसम्म १ लाख ४६ हजार भन्दा बढी रकम संकलन गरेको छ । बाढी र डुबानबाट बढि प्रभावित क्षेत्र सिराह र सप्तरीमा सकलित राहत रकम वितरण गर्नको लागि राहत संकलन टोली तराइतर्फ हिडेको छ ।
पीडितको अबस्था हेरी उनीहरुलाई तत्काल आवश्यक बस्तु के छ सोही अनुसार आफूहरुले राहत वितरण गर्ने संस्थाका सचिव अर्जुनपौडेल निर्जनले बताए । उनका अनुसार उक्त राहत विभिन्न देशमा रहेका नेपाली र देशभित्रै रहेका नेपालीहरुबाट संकलन गरीएको हो ।
त्यस्तै जिल्लामा क्रियाशिल रोट्याक्ट क्लब अफ पर्वतले पनि राहत संकलन गरी तराइमा पठाएको छ । क्लबले एकपाल्टी ( रु ८सय बराबरको प्याकेज) राहत अभियाननै संचालन गरी राहत संकलन गरेर तराईका बाढी पीडितको लागि पठाइसकेको क्लबका अध्यक्ष मिलन पौडेलले बताए ।
राहत संकलन अभियान अझै पनि जारी छ, हामीले तत्कालम संकलन भएको राहत रकम र अन्य सामाग्रीहरु काठमाडौमा पठाएको र सोहीबाट तराईमा लगिएको छ,उनले भने ।
राहत लिएर तराई हिडेको मातृभूमीका लागि पर्व सेवा समाजले सप्तरी र सिराहाका सवैभन्दा बढी प्रभावित भएका नागरिकलाई राहत हस्तान्तरण गर्ने बताएको छ । हामीले त्यहाँको प्रशासनसँग समन्वय गरेका छौँ, त्यहाँ सवैभन्दा बढी प्रभावित जो छ हामी उसँैलाइनै राहत वितरण गछौं । राहतमा कुनै पनि अनियमितता हुदैन सचिव पौडेलले भने ।
बाग्लुङमा पनि विभिन्न सहकारी संस्थाहरुले राहत रकम संकलन गरेका छन् । घरदैलो र सहकारीका शेयर सदस्य र कर्मचारीहरुसँग राहत संकलन गरेका छन् । सहकारीले आफ्नै सहकारीका सदस्यहरुबाट लाखौ रकम संकलन गरीसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!