आर्थर डाँडाखर्कका जेष्ठ नागरिक सम्मानीत

Posted on: 25 Aug, 2017

पर्वत । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा रहेका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको विच सम्मान गरिएको  छ । कार्यक्रममा ८५ बर्ष पार गरेका ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

 जिल्ला समन्वय समितिका संयोजक महोनर वि पौडेले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

पौडेलले कार्यक्रममा बोल्दै भने बृद्धहरुलाई तिरस्कार गर्ने संस्कारलाई अन्त्य गर्दै सम्मानित नागरिकको रुपमा स्थापित गराउन सम्मान कार्यक्रम प्रभाबकारी हुने बताए । आफ्ना बाबु आमालाई सम्मान गरेर आफुँलाई पनि सम्मानको लायक बनाउन सकिने बताउँदै प्रमुख पौडेलले पुराना पुस्ताको अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्न जरुरी भएको बताए । 

उनले राज्य पुर्नसंरचनापछि स्थानिय तहमा अधिकारहरु आएका कारण अब मुलुकका हरेक क्षेत्रमा परिर्वतनको अनुभूव हुँदै जाने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!