जलजला गापमा खानेपानी सरसफाइ कार्यक्रमको सम्झौता

Posted on: 27 Aug, 2017

देवराज पुरी/पर्वत ।

स्थानियपूर्बाधार विकास तथा कृषी सडक विभाग (डोलिडार )  र जिल्लाविकास समितिबीच सम्झौताभई पश्चिम नेपाल ग्रामिण खानेपानीतथा सरसफाई परियोजनापहिलो  चरण २०६५ साल देखि पर्वत जिल्लामा संचालित छ ।  पहिलो चरणमा जिल्लाका ६ वटा गाविसहरुमाअखानेपानी तथा सरसफाईकागतिविधिहरु सघन रुपमा संचालनअभए । जिल्ला भरी सरसफाई प्रबद्र्धन गर्ने गरी विभिन्न कार्यक्रमहरु अगाडी बढे । जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियान तिब्र गतिमा चलिरह्यो । 

यस क्रममा जिल्लाको दक्षिणमा रहेको रानीपानीगाविस जिल्लाकै पहिलो खुल्लादिसामुक्तगाविसको रुपमा २०६७ जेठ २६ गते घोषणा भयो । जिल्लाका सबै जसो गाविसहरुमाखुल्लादिसामुक्तगाविस घोषणा गर्ने कार्यक्रमले थपगतिशिलतालियो । २०६९ फाल्गुण ३० गतेकादिनजिल्लाको अन्तिमगाविसको रुपमादुर्लुड. गाविसलाई खुल्लादिसामुक्तगाविस घोषणा गरियो । त्यसपछि  २०६९ चैत्र ३१ गते नेपालकै छैठौ जिल्लाको रुपमापर्वत जिल्लालाई नै खूल्लादिसामुक्तजिल्ला घोषणा भयो ।त्यस्तै गरी २०७० माघ १६ गते  धौलागिरी अंचल नेपालकै पहिलो खुल्लादिसामुक्तअंचल घोषित भयो । धौलागिरी अंचलका ४ वटै जिल्लामाखानेपानी ,सरसफाई तथा स्वच्छता कार्यक्रम संचालित छ । पर्वतमापहिलो चरण अन्तर्गत ६ गाविसहरुमा सघन रुपमाचलेको वास कार्यक्रम दोस्रो चरण बाट १० गाविसहरु थपिएका छन । यीगाविसहरुमाखानेपानी योजनाको निर्माण एबं सरसफाईलाई थप प्रबद्र्धन गर्ने कामभइरहेको छ । यसै क्रममाजिल्लाको २ गाविसहरु तथा७ वटा वडाहरु पूर्ण सरसफाई नमूनागाउँ  ,वडाका रुपमा घोषणा भई सकेका छन । खुल्लादिसामुक्तपश्चातकागतिविधिहरुलाई दोस्रो चरणमा अगाडी बढाइएको छ । त्यस्तै गरी ग्रामिण बस्त्ीमा खानेपानी योजनाबाट  छुटेको बस्ती  तथा सेबाविहिन बस्तीका लागिखानेपानी योजनानिर्माण गरिने प्रकृया अगाडी बढाइएको छ ।जिल्ला समन्वय समितिमावाश ईकाईमाइन्जिनियर १ जना ,  फिल्ड संयोजक ३ जना सव ईनिजनियर २ जना , वास सहजकर्ता १ जना , प्राविधिक ५ जनातथा स्वास्थ्य प्रबद्र्धक २ जना गरी १४ जनाकर्मचारीहरुको कृयाशिलता छ । यसरी  जिल्ला समन्वय समिति बाट विगत देखि  संचालित यस कार्यक्रमयहि २०७४ अषाढ मसान्त सम्मअन्तिम समयको रुपमा रह्यो । 

 यस्तैमा  देशमाब्यबस्था परिबर्तन सँगै स्थानियनिकायको निर्बाचनपश्चात संघिय संरचनामा जन निर्बाचितब्यक्तित्वहरुको आगमनएकदम स्वागत योग्य रह्यो । परिबर्तित संरचनाअनुसार नयाँ पद्धति कार्यान्वयनकालागि देशै भरी कर्मचारी समायोजन , ब्यबस्थापनप्रकृया अगाडी बढि नै रहेको छ । यसरी फरक परिबेशमाजिल्ला समन्वय समितिबाट संचालितकार्यक्रमहरु अबनयाँआर्थिक बर्ष बाट सोझै स्थानिय निकायहरुबाट संचालनहुनगईरहेका छन् । त्यसैले पश्चिम नेपाल ग्रामिण खानेपानीतथा सरसफाई परियोजना दोस्रो चरण यस जलजलागाउँपालिका, विहादीगाउँपालिका , पैयुँगाउँपालिकातथामहाशिलागाउँपालिकाहरुमायहि २०७४ श्रावण १ गते बाटै संचालनमा रह्यो । जिल्ला समन्वय समितिवास इकाईकाकर्मचारीहरु ४ वटै गाउँपालिकाहरुमा परिचालितभई सकेका छन् ।  पश्चिम नेपाल ग्रामिण खानेपानीतथा सरसफाई परियोजना दोस्रो चरण कार्यान्वयनकालागिविहादीगाउँपालिका र स्थानियपूर्बाधार विकास तथा कृषी सडक विभाग ( डोलिडार ) बीचयहिमिति २०७४ श्रावण १९ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै गरी पैयुँगाउँपालिका र डोलिडार बीचश्रावण २० गते , महाशिलागाउँपालिका र डोलिडार बीचश्रावण २२ गते तथाजलजलागाउँपालिका र डोलिडार बीचश्रावण २४ गते सरोकारवालाहरुको ब्यापक सहभागितामा  समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

यसरी नेपालको राजनैतिकइतिहासमा परिवर्तित संघिय संरचनाअनुसार स्थानियनिकायको निर्बाचनपश्चातको स्वरुप बैधानिक रुपमाकार्य सम्पादनप्रकृयामा अगाडी बढ्यो ।  स्थानियनिकायमाअधिकार प्रत्यायोजन भएकोले स्थानियनिकायको के खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम एबं सबै कार्यक्रमहरु आफ्नै पहलकदमी बाट हुने  हँुदा स्थानिय ठाउँब्यक्तिहरुको मुहार सकारात्मक रुपमापरिबर्तन हुनेमानजिक बाट आशाबादीहुन सकिन्छ । समाजका हरेक पक्षको सर्बांिगण विकास तथानिकासकालागि सबै ब्यक्ति , संस्थाहरुको योगदान सहितको रचनात्मक ,  सकारात्मक एबं सृजनात्मकभूमिका खेल्नु पर्नेमादुई मतनहोला । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!