गाउँपालिका कार्यालय अनिश्चित तालाबन्दी, बजेट पुनरावलोकनको माग

Posted on: 28 Aug, 2017


नन्दराम जैशी/भदौ १२, जुम्ला । जुम्ला पातारासी गाउँलीकाको कार्यालय अनिश्चित कालिन तालाबन्दी गरिएको छ । 

गाउँपालिका प्रमुख र उप प्रमुखले मनपरी ढंगले बजेट बाँडेको भन्दै बजेट पुनरावलोकनको माग गर्दै स्थानीयले आइतबार साँझ देखि गाउँपालिकाको कार्यालय अनिश्तिकालीन तालाबन्दी गरेका हुन् ।       

 बजेट पुनरावलोकनको विषयमा साता दिन देखि विरोध गर्दै आएका स्थानियहरुको आज सम्म गाउँपालिका प्रमुख लक्षिमन बोहोराले कुनै वास्ता नगरेको भन्दै कार्यालय तालाबन्दीमा उत्रिनु परेको स्थानीय अम्मर विष्टले बताउनुभयो । 

उहाले भन्नुभयो, जनसंख्या, भूगोल र पुर्वाधारको अबस्थाको आधारमा बजेट विनियोजन हुनु पर्ने हो । तर केहि अध्ययन अनुसन्धान नगरी मनोमानी ढंगबाट बजेट विनियोजन गरेकोले माग सम्बोधनका लागि अन्तिम विकल्प स्वरुप तालाबन्दी गरिएका छौ । 

जनताको सेवा र सुविधा दिलाउन चुनिएका जनप्रतिनिधिहरुको नियत राम्रो देखिएन, गाउँ विकास भन्दा पनि स्थानिय तह ठेकेदार मोट्याउने भाँडो बनेको बिष्टले तर्क गर्नुभयो ।

सिंह दरबारको अधिकार गाउँमा भन्नु कागजमा मात्र सिमित छ । बजेट पुनरावलोकन गरी समान रुपमा वितरण नभएसम्म तालाबन्दी जारी राख्ने । यदि प्रशासनले बल प्रयोग गरेमा परिणाम नराम्रो हुने नागरिकको चेतावनी छ ।      

यस बिषयमा तपाइको प्रतिक्रिया...!