दुई सातादेखि कहाँ वेपत्ता ? यी महिला अझै फेला परिनन् के गर्दै छ प्रहरी ?

Posted on: 29 Aug, 2017


पर्वत १३ भदौ । कुश्मा नगरपालिका वडा न ६ की एक महिला विगत दुई सातादेखि वेपत्ता भएकी छिन । घरायसी समस्या देखाउँदै ३६ बर्षिया लक्ष्मी गिरी वेपत्ता भएकी हुन । बेपत्ता भएको दुइ सातासम्मको बारेमा प्रहरीले कुनै सुराकी पत्ता लगाउन सकेको छैन । उनी जिवित छन वा मुर्दा यसको बारेमा प्रहरी कार्यालयले अझसम्म कुनै पनि प्रमाणहरु फेला पार्न सकेको छैन । 

उनी भदौ २ गते देखि परिवारको सम्पर्कमा नरहेको प्रहरीमा निवदेन परेता पनि उनको खोजिकार्यले गति लिन सकेको छैन जसका कारण पनि उनी अझै फेला परेकी छैनन् ।


 घरायसी समस्या देखाउँदै वेपत्ता भएकी उनले हिसावकिताव मिलेपछि आफू घर फर्कने नोट लेखेर वेपत्ता भएको परिवार श्रोतले जनाएको छ । आर्थिक कारोबार मिलेकाले छिट्टै घर फर्कन परिवार सदस्यहरुले सामाजिक सञ्जाल मार्फत आब्हान समेत गरिरहेका छन ।

परिवार र प्रहरीले गिरीको खोजी गरिरहेपनि हालसम्म पनि उनको पत्ता लाग्न नसकेको बताइएको छ । लेनदेनको आर्थिक समस्या कारण उनी वेपत्ता भएको हुनसक्ने भन्दै प्रहरीले सवै समस्याहरु समाधान भएकाले गिरी छिट्टै घर फर्कने अनुमान गरेको छ ।

गिरीको पत्ता लगाउनेलाई परिवारले उचित पुरस्कार सहित सम्मान गर्ने गरी खोजी कार्य अगाडि बढाईरहेको छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!