पार्टीमा युवा सहभागिता बढाउने तरुण दलको निर्णय

Posted on: 20 Dec, 2015

प्रकाश धौलाकोटी, पुष ५, तेह्रथुम । नेपाली कांग्रेसको आसन्न १३ औँ जिल्ला अधिबेशनमा बढी भन्दा बढी युवाहरुको सहभागिता र युवा नेतृत्व चयनकालागि क्रियाशील हुन सम्बद्ध सबै तरुणहरुलाई नेपाल तरुण दल तेह्रथुमले आग्रह गरेको छ । शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीमा युवाहरुको सहभागिता कमजोर रहेको भन्दै पार्टीको जिम्मेवार ठाउँमा समेत युवाहरुको संलग्नता बढाउन सक्रिय हुने निर्णय गरेको हो ।

भावी महाधिवेशनमा गाउँबाट जिल्ला हुदै केन्द्रीय तहसम्म युवाहरुको संलग्नता बढाउन सबै तरुणहरुलाई सक्रियताकालागि आग्रह गर्ने बैठकले निर्णय गरिएको अध्यक्ष विपीन सुब्बाले बताउनुभयो । बैठकको निर्णय बमोजिम सबै सदस्य, गाउँ ईकाइका अध्यक्ष तथा सबै तरुणहरुलाई सक्रियताकालागि आग्रह समेत गरिएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनअन्तर्गत तेह्रथुममा आगामी माग १५ गते गाउँ, १६ गते नगर र २५ गते जिल्ला अधिवेशन हुदैछ । अधिवेशनकालागि कांग्रेस जिल्ला कार्यसमितिले तयारी तिव्र समेत बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!