जुम्लामा करेन्ट लागेर एक यूवाको मृत्यु

Posted on: 29 Aug, 2017

नन्दराम जैशी/भदौ १३, जुम्ला । जुम्ला सदरमुकाममा मंगलबार दिउँसो करेन्ट लागेर एक जना यूवाको मृत्यु भएको छ । 

तातोपानी गाउँपालिका वडा नम्बर १ राँका निवासी २९ वर्षिय पदमबहादुर कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो । चन्दननाथ नगरपालिकाको वडा नम्बर ७ बसपार्क नजिक करेन्ट लागेर घाईते भई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबारनै मृत्यु भएको हो । वसपार्कमा आफ्नै बन्दै गरेको घरको मोटर खोल्ने क्रममा करेन्ट लागेको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ४ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरी सहायक निरिक्षक जीबराज योगीले जानकारी दिनुभयो ।

 जुम्लामा पछिल्लो समयमा करेन्ट लागेर मर्नेहरुको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!