सुनसरीबाट एघार फरार अभियुक्त पक्राउ

Posted on: 31 Aug, 2017

भदौ १५,इनरुवा । जिल्ला प्रहरी कार्यालयले बुधबार एघार फरार अभियुक्त पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय र माताहतबाट खटिएको प्रहरीे टोलीले जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय पाई फरार रहेका कुटपिट र लुटपाट मुद्दाका तीनजना, जालसाजीका दुईजना, लेनदेनका दुईजना, गाली बेइज्जतीका एकजना, ज्यान मार्ने उद्योगका एकजना, बहुविवाहका एकजना र चोरी मुद्दाका एकजना गरी जम्मा ११ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । 

पक्राउ परेका सबै जनालाई आज जिल्ला अदालतमा उपस्थित गराइएको गराइएकोे छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!