ठगी गरेको आरोपमा सुबेदी पक्राउ

Posted on: 01 Sep, 2017

भदौ १६ ,पोखरा । पर्यटकहरुलाई घुम्न तथा वास वस्नको लागी सहायता पु¥याउन भन्दैै विभिन्न टुर एण्ड ट्राभल एजेन्सिहरुवाट टिकट लिएर पर्यटकहरु वाट रकम असुल्ने तर एजेन्सिहरुलाई टिकटको मुल्य विभिन्न वहाना वनाएर नतिर्ने एक जनालाई व्यवसायीहरुले प्रकाउ गरि प्रहरीको जिम्मा लगाएका छन ।विगत १ वर्ष देखि पोखरामा आउने पर्यटकवाट रकम लिने र उनिहरुलाई वस तथा जहाज  टिकट उपलव्ध गराउने तर टिकट वेच्ने एजेन्सिलाई पैसा नर्तिर्ने सुवास सुवेदीलाइ प्रहरीले पक्राउ गरी  अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा लेखनाथ महानगर पालीका  ३१ घर भएका सुवेदी लाई आज काठमाडौँ जाने क्रममा पोखरा एरपोर्टवाट व्यवसायीहरुले प्रकाउ गरि प्रहरीको जिम्मा लगाएका छन ।


सुवेदीले २५ वटा भन्दा वढि एजेन्सिसँग ठगि गरेको पोखराको लेकसाईडमा टुर एण्ड ट्राभल्स संचालन गर्दै आएका विष्णु प्रसाद वास्तोलाले बताए । सुवेदीले प्याराग्लाइडिङ, ट्राभल एजेन्सी, र्या्फ्टिङ लगायतका विभिन्न ब्यबसायीहरुलाई तिर्न वाँकी रहेको जनाइएको छ ।तिर्नुपर्ने रकम लामो समयसम्म नतिर्ने र फोन सम्पर्क गर्दा पनि सम्पर्कबाट टाढा रहन खोज्ने गरेका सुवेदीले आफुहरुलाई ठगेको बल्ल थाह पाए र पक्राउ गरि प्रहरीमा बुझाएको व्यवसायीहरुको भनाई छ ।लेकसाइडका व्यवसायीले सुवेदीलाई प्रहरीमा बुझाएपछि अन्य व्यवसायीपनि ठगिएको भन्दै आउन थालेको स्रोतले बताएको छ । कास्की प्रहरीका अनुसार आरोपी सुवेदीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!