अखिल कप भलिबल प्रतियोगिता माघ १६ देखि

Posted on: 25 Jan, 2016

प्रकाश धौलाकोटी/ माघ ११, तेह्रथुम । अनेरास्ववियु तेह्रथुमले शहिद दिवसको अवसर पारेर प्रत्येक वर्ष आयोजना गर्ने अखिल कप विद्यालय तथा क्याम्पस स्तरीय भलिबल प्रतियोगिता यसवर्ष पनि माघ १६ गतेदेखि सन्चालन हुने भएको छ । जिल्लाका विद्यालय तथा क्याम्पसहरु सहभागी बन्ने प्रतियोगिताको तयारी तिव्ररुपमा भइरहेको आयोजक अनरोस्ववियु जिल्ला कमिटी अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । जिल्लाको सदरमुकाम म्याङलुङस्थित टुँडिखेलमा सन्चालन हुने प्रतियोगिताको विजेताले तीन वर्षे रनिङ शिल्ड सहित नगद ३० हजार, मेडल र प्रमाण पत्र तथा उपविजेताले मेडल, प्रमाण पत्रसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ । शहिद दिवसकै दिनबाट सुरु हुने प्रतियोगिता एक सातासम्म चल्ने आयोजकका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!