राष्ट्रिय वाल दिवस प्यूठानमा पनि मनाइयो

Posted on: 14 Sep, 2017

स्मृती घर्ती मगर/भदौ २९, प्यूठान  । बालबालिका भविश्यको दरिलो खम्वा भएकाले तिनीहरुको शिक्षामा लगानी गरी बाल अधिकारको संरक्षण गर्नु पर्ने आज भएको एक कार्यक्रमका वक्ताहरु वताएका छन् ।

"बालमैत्री शासन बाल अधिकारको सम्मान" भन्ने मुल नारा सहित जिल्ला समन्वय समितीको सभाहल खलंगामा सम्पन्न भएको राष्ट्रिय बाल दिवस विशेष कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो कुरा वताएका हुन्। 

जिल्ला बाल सञ्जाल समिती प्यूठानका अध्यक्ष प्रेम विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि माननिय जिल्ला न्यायधिश बासुदेव न्याैपाने रहनु भएको थियो भने बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी डा कृष्ण घिमिरे रहनु भएको थियो।

राष्त्रिय गान संगै औपचारिक रुपमा सुरु भएको कार्यक्रममा महिला विकास अधिकृत माया श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो।

राष्त्रिय बाल दिवसको अवसरमा "बाल अधिकार प्राप्तिका लागि अविभावकको भुमिका" विषयक जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता पनी सम्पन्न भएको छ। जिल्लाका नौ वटै स्थानिय तहवाट उपस्थित ९ जना प्रतियोगी विध्यार्थीले आफ्ना गहकिला तर्क प्रस्तुत गरेका थिए।

जसमा प्रथम शारदा मावि मल्लरानी गाउँपालिका चौरपानीमा अध्ययनरत छात्र विजय आचार्य, द्वितिय मान्डवि मावि माण्डवि गाउँपालिका नयाँगाऊमा अध्ययनरत छात्रा मनिसा सुनार, तृतिय गंगा मावि नौवहिनी गाउँपालिका वाहानेमा अध्ययनरत छात्रा अस्मिता रिजाल र सान्त्वना बाल विध्या मावि प्यूठान नगरपालिका मरन्ठानामा अध्ययनरत छात्र वसन्त गिरी भएका छन्।

विजयी प्रतियोगीहरुलाई पुरस्कार स्वरुप प्रमुख अतिथी, विशेष अतिथी र कार्यक्रमको अध्यक्षको हातवाट स्टेसनरी सामाग्री र प्रमाण पत्र प्रदान गरिएको छ। त्यस्तै जिल्लामा बालबालिकाको हक हितको लागि उल्लेखिय भुमिका खेलेको भन्दै कालिका विकास केन्द्र विजुवार प्यूठानलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरुले बालबालिकाको पहिलो पाठशाला आफ्नो परिवार भएकोले बालबालिकाको भविश्य कस्तो वनाउने भन्ने कुरा आफ्नै घर परिवार बाट निर्धारित हुने वताएका थिए। त्यस्तै बालबालिकाको हक र अधिकार प्राप्तिको लागि विभिन्न निकायले आवाज उठाइ रहे पनी अझै ग्रामिण क्षेत्रका  बालबालिका विध्यालय पहुँज भन्दा ताढा रहेकाले उनिहरुको आधारभुत अधिकार स्थापितको लागि सवै सरकारी तथा गैरसरकारी संस्थाहरु हातेमालो गरी अगाडि बड्नु पर्ने धारणा ब्यक्त गरेका थिए।

कार्यक्रममा नमुना बाल समुह खलंगाले जनचेतना मुलक सडक नाटक समेट प्रस्तुत गरेको थियो। शेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन भएको कार्यक्रमको आयोजना जिल्ला बाल कल्याण समिति प्यूठान, महिला तथा बालबालिका केन्द्र प्यूठान र जिल्ला बाल सञ्जाल प्यूठानले गरेको हो।

बालबालिका अधिकृत यादव खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बाल सञ्जाल समिती प्यूठानका अध्यक्ष प्रेम विक, माननिय जिल्ला न्यायधिश बासुदेव न्याैपाने, प्रमुख जिल्ला अधिकारी डा कृष्ण घिमिरे, स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्याल, जिल्ला शिक्षा अधिकारी सुर्य प्रसाद भुसाल, नेपाल बार एशोसिशन प्यूठानका अध्यक्ष डा शिवराज पण्डित, पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर राना, गैरसरकारी महासंघ प्यूठानका अध्यक्ष ति एस गुरुङ, शिक्षक, विध्यार्थी, पत्रकार, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!