नेपाल शिक्षक संघ, तेह्रथुमको अध्यक्षमा चोङवाङ

Posted on: 21 Sep, 2017

असोज ५, तेह्रथुम। नेपाल शिक्षक संघ, जिल्ला कार्यसमिति, तेह्रथुमको आठौँ अधिवेशनबाट अध्यक्षमा भुवनसिंह चोङवाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । 


समितिको उपाध्यक्षमा सीता कटुवाल र खेमकुमार डाँगी र सचिवमा राजबहादुर थापा चयन हुनुभएको छ । 

यस्तै अर्थसचिवमा राजेश कार्की, महिला सचिवमा रत्नकुमारी खवास, सहसचिवमा सुवास कार्की, महिला सहसचिवमा रेणुका गड्तौला, सहसचिवमा तुलसीराम वाँस्कोटा र चित्रवहादुर भुजेल रहनुभएको छ । 

१८ सदस्यीय कार्यसमितिको सदस्यहरुमा सोमकुमारी सिजागु, डिकमायाँ लिम्वु, चन्द्रा निरौला, बेदनिधि बाँस्कोटा, दिपककुमार भट्टराई, बेदनिधि भट्टराई, झप्टबहादुर तामाङ र धनप्रसाद भट्टराई चयन हुनुभएको छ । 

प्रदेश प्रतिनिधिमा उमाकान्त चम्लागाई, हरि सुनुवार, रामकृष्ण निरौला, अम्विका न्यौपाने र रीता पौडेल चयन हुनुभएको छ । संघीय प्रतिनिधिका लागि टिकाराम वस्नेत,  बाशुदेव दाहाल, सन्तोष गौतम र छत्रकुमारी कटुवाल निर्वाचित हुनुभएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!