भत्काइयो पोखरामा शहिद लखन थापाको शालिक

Posted on: 26 Sep, 2017

पोखरा, असोज १० । पोखराको पृथ्वीचोकमा रहेको आईल्याण्ड भत्काईएको छ । आइल्यान्ड भद्दा र ठुलो भएकोले पृथ्वीचोकमा निकै जाम हुने गरेको थियो ।  सडक दुर्घटनालाई न्युनिकरण गर्दै सडकमा हुने जामलाई न्युनिकरण गर्न पोखरामा ठुलो आकारमा रहेका आईल्याण्डहरुको आकार सानो पार्न पहिलो चरणमा आइल्याण्ड भत्काउन सुरु गरिएको पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ ।


\                                                                                         अघिल्लो साता जिरो किलोमिटरको आईल्याण्ड भत्काएको महानगरले  पृथ्वीचोकको आईल्याण्ड पनि भत्काएको छ । सडक डिभिजन कार्यालय पोखरा, जिल्ला ट्राफिक कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका लगायतका संघ सस्ंथाको समन्वयमा पृथ्वीचोकमा रहेको आईल्याण्ड मध्यरातमा सुरक्षाकर्मी साथ लिएर आइल्याण्ड र शालिक हटाएको हो ।   


साँघुरो चोकमा ठूलो ठाउँ ओगटेको यस स्थानमा प्रशासनले मध्यरातमा सुरक्षाकर्मी साथ लिएर आइल्याण्ड र  लखन थापाको शालिक हटाएको हो ।  शालिकले बढी ठाउँ ओगटेको भन्दै गएराति शालिक हटाइएको हो ।

शालिक हटाएर बेपत्ता पारिएको छ । शालिक हटाउने नभइ सानो साइजको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापन गर्ने विषयमा पोखरा लेखनाथ महानगरपालिकाले यसअघि पनि छलफल चलाउँदै आएको थियो । आम पोखरेलीले भने स्थानीय प्रशासनको यस कामप्रति समर्थन गर्दै अन्यत्र रहेका भद्दा आइल्याण्डसमेत हटाउन आग्रह गरेका छन् । शालिक हटाएपछि यसबारे  सामाजिक संजालमा  पक्ष र बिपक्षमा चर्चा भइरहेको छ  ।


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!