८ वर्षकी बालिका बलात्कार गर्ने ६३ वर्षे वृद्ध प्रहरी खोरमा

Posted on: 20 Mar, 2016
चैत ७, तेह्रथुम । आठ वर्षकी बालिका बलात्कार गरेको आरोपमा मोरङको सुन्दरदुलारी नगरपालिका–७ घर भई अहिले तेह्रथुमको ओख्रे–२ बस्दै आएका ६३ वर्षीय गंगाराम लुईँटेललाई प्रहरीले पक्राउ गरेको छ । लुईँटेललाई परिवार र बालिकाको उजुरीपछि शुक्रबार ओख्रे–२ स्थित उनकै डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लुईँटेलले बुधबार बेलुका स्कुलबाट फर्कदै गरेकी बालिकालाई चिउरा र चकलेट खान दिन्छु भनी फकाईफुल्याई बलात्कार गरेको प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान गरी इलाका प्रहरी कार्यालय बसन्तपुरले मुद्दा चलाउने तयारी गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!