पर्वत प्रहरीले फरार अपराधि पक्राउ गर्यो

Posted on: 09 Oct, 2017

पर्वत । जिल्ला प्रहरी कार्यलय पर्वतले दण्ड जरिवानामा रहेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गरी कारागर चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईको सहयोगमा पक्राउ भएका अभियुत्तलाई आवश्यक कारवाहिको लागी जिल्ला अदातल तथा जिल्ला प्रशासन कार्यालय पर्वतमा बुझाईएको हो ।


पर्वत कुनपा १ का बल बाहदुर अधिकारी दिपेन्द्र अधिकारीर प्रकाश अधिकारी केही सार्वाजनिक अपराधमा परेकामा असोज ४ गते पक्राउ परेका हनु भने कर्तव्य ज्यानमा परेका फरारा कुनपा ९ का अर्जुन वैरागी यही असोज १८ गते , जलजला गापा ५ का सुरेस किसान हातहतियार खरखजाना पक्राउ मुद्धामा परेकोमा असोज २० गते वुझाईएको हो ।


जलजला गापा ५ का प्रेम व फकामी कर्तव्य ज्यानमा पक्राउ परेका थिए उनी पनि सोही दिन बुझाईएका छन । पर्वत कुनपा ७ का कृष्ण नन्द शर्मा जि केही सार्वाजनिक अपराधमा पक्राउ परेकोमा असोज २० गते अदालतमा वुझाईएका छन । पर्वत जलजला ७ का ऋषिराम आचार्य बिना ईजाजत सालको रुख काटेका आरोपमा थुनामा परेकोमा आज र कुनपा ९ का अनिल जोशी केही सार्वाजनिक अपराधमा परेकोमा आजनै अदालतमा बुझाईएका छन ।


यस्तै कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त अर्जुन बैरागी सम्वन्धमा पर्वत जिल्ला साविक कटुवा चौपारी वडा न ४ को हाल कुश्मा नगरपालिका वडा न १ वस्ने वर्ष ३३ का बैरागी जन्म कैद ठहरी भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!