महिला मानव अधिकार संजालमा भण्डारी

Posted on: 25 Oct, 2017

कात्तिक ८, उदयपुर | महिला मानव अधिकार संजाल उदयपुरले नयाँ नेतृत्व पाएको छ । संजालको मंगलबार सम्पन्न । जिल्लाको सातौ साधारणा सभा तथा पाचौ जिल्ला अधिबेशनले माया भण्डारीको अध्यक्षतामा १६ सदस्य कार्य समिति चयन गरेको हो । 

नयाँ कार्य समितिको उपाध्यक्षमा पाण्डु परियार र देवी कटुवाल, सचिवमा सुमित्रा कोईराला, सहसचिवमा अप्सरा समाल र कोषाध्यक्षमा सानु चौधरीले जिम्मेवारी प्राप्त गरेका छन । भने सदस्यहरुमा प्रमिला थापा, शान्ता घिमिरे, सरस्वती दनुवार, मिना खड्का, शोभा दाहाल, सानु कार्र्की, पवित्रा राई र जानुका रोकाय रहेका छन । जिल्ला अधिवेशन जिल्ला समन्वय समिति उदयपुरका उपप्रमुख गंगा राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो पेसोक उदयपुरको सभाहलमा सम्पन्न भएको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले नयाँ संविधानले महिलाहरुलाई थुप्रै अधिकार दिएको छ तर पुरुषवादी मानसिकता हावी हुदाँ मौलिक हक कार्यान्वयनमा भने समस्या आउने भएकाले संजालले अधिकार कार्यान्वयनको लागी वकालत गर्नु पर्नेमा जोड दिईन । उनले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा समेत महिलालाई प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको टिकटको लागि सबै पार्टीलाई दवाव दिन आवश्यक रहेको बताईन । कार्यकममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि पत्रकार वुद्दिजिविको उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!