उदयपुररीमा सुमो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

Posted on: 30 Oct, 2017

कात्तिक १३, उदयपुर । उदयपुरको कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको सुमो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो कटारी नगरपालिका-११ ठाँटी भन्ने स्थानमा सोमबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले दिएको जानकारी अनुसार सुमो सडकबाट खसेको छ र प्रहरी घटनास्थलमा पुग्ने क्रममा छ ।

उनले स्थानीयवासीले फोन गरेर टिपाएको खबर अनुसार चार जनाको मृत्यु भए पनि पुष्टि भइनसकेको प्रष्ट पारे । घटनाको आधिकारिक विवरण आउन बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!