ट्राफिक नियमसम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न

Posted on: 02 Nov, 2017

सरोज यादव/कात्तिक १६, सर्लाही । बिद्यालय जाने माध्यमिक स्तरका छात्रछात्राहरुले समेत ट्राफिक नियम तथा व्यवस्थापन सम्बन्धि जानकारी पाउन भन्ने उदेश्यका साथ ट्राफिक प्रहरी कार्यालय मलंगवाले हिजो सदरमुकाम मलंगवा वडा न -८ स्थित एपेक्स माविका छात्रछात्राहरुलाइ एक दिने प्रशिक्षण दिएको छ ।

एपेक्स माविको कक्षा ९ र १० का ५५ जना छात्रछात्राहरु लाई बिध्यालयमै गएर प्रशिक्षण दिएको हो ।  

अहिलेका नयाँ पुस्ताका किशोर - किशोरीहरु दुई चक्के वाहन चलाउँदा ट्राफिक नियमको बेवास्ता गर्दै  जथाभावी रुपमा र तिब्र गतिमा चलाउने गरेका छन् र सबैभन्दा बढी दुर्घटना उनिहरु बाटै हुने गरेको छ ।

त्यसैले यस्तो गल्ती नगर्न ,यदी गरेमा के कस्तो सजायको ब्यवस्था रहेको छ र सवारीसाधन चलाउँदा तथा पैदल हिंडदा अपनाउनु पर्ने सावधानीको बारेमा धेरै भन्दा धेरै जानकारी दिने उदेश्य लिएर उनिहरुलाइ प्रशिक्षण दिएको ट्रा. प्र.कार्यालय मलंगवाका इन्चार्ज एवम् प्रहरी नायव निरिक्षक समतलाल साहले बताउनुभयो । 

यस किसिमको प्रशिक्षण पहिला पनि मलंगवा नगरपालिका क्षेत्र भित्रका बिध्यालयहरुमा दिइसकेको ले आगामी दिनमा पनि यसलाई निरन्तरता दिंदै जाने उहाले भन्नुभयो । 

प्रशिक्षण ट्रा. प्र का. मलंगवाका इन्चार्ज सई साह र ट्राफिक प्रहरी जवान राकेश सिंहले दिनुभएको थियो । यसै अभियान अन्तर्गत गत मंगलबार मलंगवा नगर क्षेत्रमा ट्राफिक नियम तथा सन्देश लेखिएको पर्चा समेत बाँडिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!