दुम्सी मार्न थापेको बन्दुकको धरापमा महिला परेपछि...

Posted on: 06 Nov, 2017

कात्तिक २०, पाल्पा । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन् । 

मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी दिनुभयो । 

चिनाको पाल्पामा उपचार हुने सम्भावना नदेखिएपछि काठमाडौँको बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको छ । 

स्थानीय बासिन्दा तुलबहादुर बुढाथोकीलाई मुझुङ प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पा पठाएको छ । घर नजिकै बारीमा दुम्सी मार्नका लागि अवैध घरेलु हतियार प्रयोग गरेको आरोपमा बुढाथोकी प्रहरी नियन्त्रण परेको जिसीले बताउनुभयो । 

भरुवा बन्दुकमा खुट्टाले टेक्दा पड्केपछि खुट्टामा छर्रा लागेको प्रहरीले बताएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!