चौतारीको अध्यक्षमा गौतम

Posted on: 09 Apr, 2016

प्रकाश धौलाकोटी । चैत २७, तेह्रथुम । प्रेश चौतारी नेपाल जिल्ला शाखा तेह्रथु्मको शनिबार सम्पन्न छैठौँ अधिवेशनले कृष्ण विदुखी गौतमको अध्यक्षता १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भगिश्वर लिम्बु, सचिवमा प्रकाश श्रेष्ठ, सहसचिवमा उमेश नेपाली र कोषाध्यक्षमा सावित्रा घोर्साने चयन भएका छन् । सदस्यहरुमा जितलाल लिम्बु, सन्चु लिम्ब, सीता रिमाल, कल्पना लिम्बु, कमला रिजाल, विष्णु राई, तुलसीराम धमला र राम नेपाली चयन भएका छन् ।

चौतारीले अधिवेशनका अवसरमा संगठनमा रहेर पत्रकारिताको क्षेत्रमा योगदान पुर्याउने पुर्व पत्रकारहरु छत्र रिमाल, हेमराज अधिकारी र तिर्थबहादुर कटुवाललाई कदर पत्र सहित सम्मान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!