हाते ट्याक्टर दुर्घटनामा परि दोलखामा एकजना गम्भिर घाईते

Posted on: 14 Nov, 2017

ताराबहादुर महत । कार्तिक २८, दोलखा । आफ्नै खेत जोत्ने क्रममा हाते ट्याक्टर दुर्घटना हुँदा सोमबार दोलखाको बैत्यश्वर गाउँपालिका ३ मिर्गेका एक कृषक गम्भिर घाईते भएका छन ।

घाईते हुनेमा साविकको मिर्गे गाविसका कमल बहादुर दाहाल रहेको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गम्भिर घाईते भएका दाहालको थप उपचारका लागि हेलिकप्टर मार्फत सोमबार नै राजधानी लगिएको प्रहरीले जनाएको छ । ट्याक्टरको प्रयोग गरी खेत जोतिरहेका दाहालको दुवै खुट्टा ट्याक्टरको दाँतिमा अल्झेर बेरिएपछि भाँचिएको प्रहरीको भनाई छ ।

हाल उनको काठमाण्डौं वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको बुझिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!