जनताले केन्द्रकै कारण सवै औषधी निःशुल्क पाउदैनन्: डा.केसी

Posted on: 15 Nov, 2017

चिसाङ शेर्पा/कार्तिक २९, खोटाङ । स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले निर्धारण गरेका सेवा सुविधा जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थावाट उपलब्ध हुन नसक्दा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । 

सरकारले निर्धारण गरेता पनि स्वास्थ्य संस्थाले दिनुपर्ने सेवा सरकारकै कारण सुविधा दिन सकीने अवस्था छैन । जिल्ला अस्पतालले ७०, प्राथमिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकी ३५ प्रकारका औषधीहरु निशुल्क पाईन्छ । 

तर, जनताले पाउनुपर्ने निशुल्क स्वास्थ्य सेवाहरु दिन नसकिएको सम्बन्धित कार्यालयले जनाएको छ । आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, विरामी दर्ता शुल्क, शैया शुल्क भने निशुल्क दिईरहेको छ । विशेषत: जिल्लामा औषधी वितरणमा ठूलो समस्या रहेको छ । 


आमा सुरक्षा कार्यक्रम अन्तरगत स्वास्थ्य संस्थामा प्रसुती आमाहरुलाई हिमाली जिल्लामा १५ सय, पहाडी जिल्ला १ हजार, तराईका जिल्लाहरुमा ५ सय तथा ४÷६÷८ र ९ महिनामा गर्भ जाँच गरेवापत ४ सय रुपैयाँ पाईरहेका जिल्ला अस्पताल खोटाङका डा. राम वहादुर केसीले बताउनुभयो । आकश्मिक शैया शुल्क भने १ सय रहेको छ । त्यो व्यवस्थापन समितिले तय गरेको दररेट हो । 

स्थानिय निकाय, क्षेत्र र केन्द्रको विचमा समन्वय गरी तत्काल आपुर्ती गर्न सकेमा जनताले राज्यले दिएको सुविधा पाउँछन् । डा. केसीले भने “राज्यले तोकेर भनेको छ तर, औषधीहरु छैन कसरी वितरण गर्नु । त्यसको लागि केन्द्रले औषधी दिन सक्नुपर्छ ।”  

यस बिषयमा तपाइको प्रतिक्रिया...!