मन्त्रीको अंगरक्षकलाई हृदयघात !

Posted on: 28 Nov, 2017

मङ्सिर १२, पथरी | बिना विभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको आज निधन भएको छ । 

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार मन्त्री मण्डलका अंगरक्षक नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो । 

वाम गठबन्धनबाट मोरङ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका मन्त्री मण्डलको विराटनगर–१ पोखरियास्थित निवासमा बुढालाई राति असहज महसुस भएपछि उपचारका लागि स्थानीय विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारका लागि नर्सिङ होम पुर्यानासाथ राति नै बुढालाई चिकित्सकले मृत घोषणा गरेको थियो । 

शवलाई सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो । - रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!