१७औँ वनस्पति दिवस सल्यानमा पनि मनाइंदै

Posted on: 11 Apr, 2016

शंकर के.सी./चैत्र २९, सल्यान । वनस्पति विभागको ५६ औँ वार्षिक उत्सव तथा १७ औँ वनस्पति दिवस सल्यान लगाएत देशभर आज विभीन्न कार्यक्रम गरेर मनाइने भएको छ । यो वर्ष गरौँ सम्बद्र्धन वनस्पतिको, हुन्छ उन्नती राष्ट्रको भन्ने नाराको साथमा यो दिवस मनाउन लागीएको हो । दिवसको अवसरमा जिल्ला वनस्पति कार्यालय सल्यानले पनि विभिन्न कार्यक्रम गर्दैछ । अहिले विहान हुने कार्यक्रममा जडिबुटिजन्य वनस्पतिको खेती विस्तार र संरक्षण कसरि गर्ने तथा जडिबुटिबाट किसानले कसरि लाभ लिन सक्ने जस्ता विषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागीएको कार्यालयका प्रमुख जिवन पाण्डेले जनाउनुभएको छ । यस्तै दिवसकै अवसरमा वनस्पतिको क्षेत्रमा योगदान पु¥याउने किसान, व्यापारि, संचारकर्मी तथा कर्मचारि लगाएतकालाइ सम्मान गर्ने कार्यक्रम पनि रहेको उहाले जनाउनुभएको छ । सल्यानमा प्राकृतिक रुपमा सरकारले प्राथमिकताक्रममा राखेका चिउरी, टिमुर, काउलो, तेजपात, सुगन्धवाल, लगायतका थुप्रै जडिबुटिहरु पाइन्छन् । जिल्लामा केहि सामुदायीक वनहरुले र किसानहरुले व्यवसयिक जडिबुटि खेती थालेका छन् भने जिल्ला वनस्पती कार्यालयसको सहयोगमा महिलाहरुले होम हर्बल समूह गठन गरेर खेतबारिमा औषधिय गुण भएका जडिबुटिको खेति गरेका छन् । आज विहान धनवाङ २ स्थीत मुलपानी वनस्पति उद्यानमा हुने कार्यक्रममा उपस्थीत भइदिन प्रमुख पाण्डेले सबैलाइ अनुरोध गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!