बिडी क्याम्पसमा विद्यार्थीद्धारा तालाबन्दी, क्याम्पस प्रमुखले आर्थिक हिनामिना गरेको आरोप

Posted on: 29 Nov, 2017

मङ्सिर १३, सिरहा । मिर्चैयामा रहेको ब्रह्मचारी दामोदरानन्द कलेजका प्राचार्य संजय साहले आर्थिक हिनामिना गरेको भन्दै बिद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका छन् । 

प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अबस्था दिनानुदिन खस्किदै गएको भन्दै बिद्यार्थीहरुले मंसिर १० गतेदेखि नै कलेजमा तालाबन्दी गरेको हो । 

तालाबन्दी पश्चात मिर्चैया नगरपालिकाका मेयरको उपस्थितिमा बसेको बैठकले आर्थिक हरहिसाब परिक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भएपनि कलेजले बेबास्ता गरेको जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । 

कलेजले आफुखुसी बिना बिज्ञापन शिक्षक भर्ना, त्रिबि नियम बिपरित मनोमानी ढंगले शुल्क बृद्धि, बिषयगत शिक्षक नराखेको जस्ता काम गर्ने गरेको जारी बिज्ञाप्ती मार्फत बिद्यार्थीहरुले आरोप लगाएका छन् । 

यसै सम्बन्धमा यहि मंसिर १४ गते कलेजमा छलफल कार्यक्रमको आयोजना गरिएकाले सम्पुर्ण सरोकारबाला निकायहरुलाई उपस्थित हुनका लागि बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!