राज्य प्रधानमन्त्रीको हातमा नभएको जनाद्र्धन शर्मा प्रभाकरको भनाई

Posted on: 26 Apr, 2016

नविन रावत/बैशाख १४, सल्यान । एनेकपा माओवादीका स्थायि समिति सदस्य जनाद्र्धन शर्मा प्रभाकरले प्रधानमन्त्री केपि वलीको हातमा राज्य नभएको बताएका छन । केपि वलीको नेतृत्वमा राज्य भएको देखिएता पनि वर्तमान राज्य दलाल पुजिपती वर्ग, नोकरशाही पुजीपतीको वर्गको हातमा भएको स्वीकारेका छन । सत्ता साझेदार दल एमाओवादीका नेता प्रभाकरले पार्टीका सहायक संगठन वाइसिएल सल्यानको जिल्ला सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले भनेको राज्य नबनेको भन्दै ती दलाल नोकरशाही पुजीपतीका विरुद्ध लड्न बाँकी रहेको बताएका छन ।

salyan news ss अधिकार विहिनहरुले अधिकार पाउने व्यवस्थाको लागि लडेको थियो । माओवादीले अधिकार दिन मात्रै लडेको बताएका छन । महिलाहरुले पाएको सम्पत्ती र छोराछोरीको अधिकार पाएको, दलितहरुले अधिकार पाएको, किसानले अधिकार पाएको भन्दै माओवादीले लडेर रगत बगाएर अलिहेको अधिकार आएको बताएका छन ।

माओवादीका कारण समानुपातिक समावेशी राष्ट्र निर्माण भएको भन्दै उनले जनताका मौलिक अधिकारहरुको जिम्मा राज्यले लिनुपर्ने गरि राज्य निर्माण हुनुपर्ने बताए । धनिका लागि अधिकारको अर्थ नभएता पनि गरिव र तल्लो तहका निमुखा वर्गका लागि अधिकार स्थापित भएको र त्यो माओवादीको दश वर्षे जनयुद्धले स्थापित गरेको बताएका छन ।

एमाओवादी ६ नं. प्रदेशका इन्चार्ज समेत रहेको जनाद्र्धनले जनताको घर आँगनमा स्थापित हुने सरकार नै स्थानिय सरकार हो भन्दै ६ नं प्रदेश आत्मनिर्भर हुनका लागि यो प्रचुर सम्भावना बोकेको बताएका छन । यो प्रदेशमा आफुले झकिझकाउन बनाउने सपना देखेको र त्यहि सपनालाई योजनामा बदलेको अनि कार्यान्वयनमा जानको लागि इच्छा शक्ति जगाउनु आवश्यकता भएको बताएका छन ।

स्रोत र जनशक्ति भएपनि पुजी नभएको भन्दै सबैसंगको पुजीको जम्मा गरि एकिकृत विकासमा जानुपर्ने बताउदै एउटा किसानको आम्दानीलाई हाइड्रोपावर, सिमेन्ट कारखाना र पर्यटकिय क्षेत्रमा लगाउने पनि बताएका छन । संविधान सहमतिमा बनाउने गरि दोस्रो संविधान सभामा प्रवेश गरेको माओवादीलाई एमाले काग्रेशले २ तिहाइको कुरा गरेर पेलेको बताएका प्रभाकरले संविधान सहमतिमा बनाउन एमाओवादीले पहल गरेको बताएका छन ।

यो संविधान माओवादीकै कारणले बनेको भनेर एमाले काग्रेशका नेताहरुले पनि स्वीकारेको भन्दै माओवादीले नै संविधान बनाएको बताएका छन । उनले अव छिट्टै सबै माओवादी पार्टी एकहुने पनि बताएका थिए ।

कार्यक्रममा सल्यान क्षेत्र नम्बर १ का संसद तथा पार्टीका केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले सविधानमा भएका अधिकार पाउन जनताले फेरि एक पटक लडनु पर्ने र त्यसकै लागि वाइसएिलको आवश्यक्ता भएको वताएका छन । सल्यानमा यस अघि भएका घटना निर्मला बि क प्रकरण, जिविस प्रकरणमा दोषिले कार्वाहि नपाएको भन्दै यस्ता अन्याय र अत्याचारलाई अन्त्य गर्न ं वाइसिएलको आवश्यकता भएको बताएका छन । कार्यक्रमलाई संगठनका केन्दिय महासचिव राम प्रसाद सापकोटा, जिल्ला अध्यक्ष कर्ण बहादुर बुढाथोकीले पनि सम्बोधन गरेका छन ।

शोभाराम भण्डारीको अध्यक्षत तथा दिपक वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन प्रकाश भण्डारीले गरेका छन । सम्मेलन बुधबार सकिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!