बागलुङको मध्यपहाडि लोक मार्गमा सबारी दुर्घटनामा ३ घाइते एकको अबस्था गम्भीर

Posted on: 20 Dec, 2017

विमल खड्का /बाग्लुङ
मध्यपहाडि लोक मार्ग अन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिका( २ काँडेरुख नजिकै आज बिहान पिकअप र मोटरसाईकल एकआपसमा ठोक्किदाँ ३ जना घाइते भएका छन् ।
घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताएको छ। घाइतेहरुलाई स्थानीय मेडिकलमा समान्य उपचार पछि थप उपचारको लागी हेलिकप्टर मगाइएको खर्वाङ प्रहरीले जानकारी दिएको छ ।

खर्वाङबाट ग्वालीचौर तर्फ जाँदै गरेको ना ४ च ३६६७ नम्वरको पिकअप जिप र विपरित दिसावाट आउँदै गरेका ध १ प ३२४६ र बा ५५ प ८०५० नम्वरका मोटरसाईकल आपसमा ठोकिँदा सो दुर्घटना भएको हो ।

घाइते ढोरपाटन नगरपालिका वडा नं। १ का वर्ष ३६ का खगेन्द्र विसिको अवस्था गम्भिर भएको अस्पतालले जनाएको छ । त्यस्तै सोहि स्थानका वर्ष २७ का सुरेन्द्र वोहोरा, २६ वर्षका भरत विसि घाइते भएका छन ।
पिकअप जिप चालक र गाडि खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव निरिक्षक लाल वहादुर चौधरीले जानकारी दिएका छन ।

बुर्तिवाङवाट बुटवलका लागि हिँडेका मोटरसाईकल सवार यात्रुवाहक वसलाई ओभरटेक गर्ने क्रममा विपरित दिसा तर्फवाट गैरहेको पिकअपसंग ठोकिएको स्थानियले वताएका छन ।
घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!