बागलुङमा सवारी एकआपसमा ठोक्किँदा दुई एकको मृत्यु, दुईजना घाइते

Posted on: 20 Dec, 2017

बिमल खड्का/पुस ५, बागलुङ । मध्यपहाडि लोक मार्ग अन्तर्गत बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका- २ काँडेरुख नजिकै बुधबार बिहान पिकअप र मोटरसाईकल एकआपसमा ठोक्किदाँ २ जना घाइते भएका छन् भने १ जनाकाे मृत्युु भएकाे छ । 

मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नं. १ का वर्ष ३६ का खगेन्द्र विसि रहेका छन । उनलाई हेलिकप्टर  मार्फत गण्डकी अस्पताल पाेखरा लैजादै गर्दा मृत्यु भएकाे ढाेरपाटन नगर प्रमुख देव कुमार नेपाली बताएका छन । 

धाईते २ जना मध्य सोहि स्थानका वर्ष २७ का सुरेन्द्र वोहोराकाे अहिले गण्डकी अस्पताल पाेखरामा उपचार भईरहेकाे छ भने  २६ वर्षका भरत विसिकाे स्थानीय मेडिकल वामी गुल्मीमा उपचार भईरहेकाे बताएको छ ।

बिहान खर्वाङबाट ग्वालीचौर तर्फ जाँदै गरेको ना ४ च ३६६७ नम्वरको पिकअप जिप र विपरित दिसावाट आउँदै गरेका ध १ प ३२४६ र बा ५५ प ८०५० नम्वरका मोटरसाईकल आपसमा ठोकिँदा सो दुर्घटना भएको थियाे । 

पिकअप जिप चालक र गाडि खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव निरिक्षक लाल वहादुर चौधरीले जानकारी दिएका छन । 

बुर्तिवाङवाट बुटवलका लागि हिँडेका मोटरसाईकल सवार यात्रुवाहक वसलाई ओभरटेक गर्ने क्रममा विपरित दिसा तर्फवाट गैरहेको पिकअपसंग ठोकिएको स्थानियले वताएका छन । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!