नुवाकोटमा वडाध्यक्ष यसरी परे सिआइबीको फन्दामा, यस्तो छ कारण

Posted on: 21 Dec, 2017

पुस ६, नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो नियन्त्रणमा लिएको छ । 

सिआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । 

तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा विचाराधीन छ । 

भारतको वेश्यालयबाट फर्केका महिलाले दर्ता गराएको मुद्दामा रु पाँच लाख धरौटी राखी तामाङ एक वर्ष अघि रिहा हुनुभएको थियो । 

मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!