नुवाकोटका श्याम तामाङ हराएको २१ दिनपछि मृत भेट्टिए

Posted on: 25 Dec, 2017

पुस १०, नुवाकोट (रासस) | शिवपुरी गाउँपालिका–५ स्थित महाकालीका श्याम तामाङ हराएको २१ दिनपछि मृत भेट्टिएका छन् । 

गत मंसिर १९ गतेदेखि हराएका ३३ वर्षीय तामाङ आइतबार अपराह्न मृत अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । 

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र खोलाको खोचमा भेट्टिएको शव सडेगलेकाले परीक्षणसमेत गर्न नमिलेको प्रहरीले जनाएको छ । भिरबाट लडेर मृत्यु भएको जस्तो देखिए पनि घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!