अछाममा अबैध मदिरा नियन्त्रणमा लिएर नष्ट

Posted on: 25 Dec, 2017

कमल रावल, पौष १०, अछाम । शान्तडा प्रहरी र रामारोशन गाउपालिका वडा नम्बर १ का जनप्रतिनीधीको टोलिले अबैध मदिरा नियन्त्रणमा लिएर नष्ट पारेको छ । 

अबैध ६ सय लिटर मदिरा सहीत भट्टीमा प्रयोग गरिने भाडा समेत नष्ट पारिएको छ । शान्तडा प्रहरी कार्यालयका प्रमुुख देब बहादुर चन्द र वडा अध्यक्ष खड्क बहादुर साउद सहीत वडाका जनप्रतिनिधीको टोलिले पुरै गाउमा चेकजाँच गरि ७ वटा भट्टी पसलबाट सो मात्रामा मदिरा भाडा नियन्त्रणमा लिएको हो । 

आगामि दिनमा नियमित चेकजाँच जारी रहने र पुनह पनी अबैध मदिरा उत्पादनमा संग्लन भएको पाईएमा कारबाही गरिने वडा अध्यक्ष साउदले बताउनुु भएको नविन साउदले जानकारी दिनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!