बाग्लुङमा चरेशसहित एक युवक पक्राउ

Posted on: 27 Dec, 2017

पुस १२, बागलुङ । अवैध चरेशसहित मंगलबार जिल्लाको निसीखोला गाउँपालिका–५ का ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन् । 

सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना ४ ख ९२०९ नंको बस चेकजाँचका क्रममा प्रहरीले घर्तीमगरको साथबाट पाँच किलो चरेश बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय, झिवाखोलाका प्रहरी नायब निरीक्षक रिमबहादुर बैदवारको टोलीले नियमित चेकजाँचका क्रममा घर्तीमगरलाई चरेशसहित फेला पारेको हो । 

पक्राउ परेका घर्तीमगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निसीखोला क्षेत्रमा चरेशको अवैध उत्पादन र बेचबिखन बढी हुने गर्छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!