जिल्ला अदालत अछामद्धारा आफ्ना नियमित कार्य सञ्चारकर्मिलाई जानकारी

Posted on: 03 Jan, 2018

कमल रावल | पुस १९, अछाम | जिल्ला अदालत अछामले आफ्नो नियमित चौमासिक सञ्चारकर्मिसँगको अन्तरक्रिया कार्यक्रम गरेको छ । पञ्चवर्षिय रणनैतिक योजना अन्तर्गत सञ्चारकर्मिसँग अन्तरक्रिया गरेको हो । 

छलफलका क्रममा अछाम जिल्लामा यो आर्थिक बर्षका लागि जिम्मा आएका ६२ मुद्दा मध्ये १६ मुद्दा फछयौट गरिएका छन । गत आर्थिक बर्षमा १२ वटा र हाल सम्मका ५० मुद्दा गरि ६२ मध्ये अझै ४६ बाँकी रहेका जिल्ला न्यायधिश धर्मराज पौडयालले बताउनु भयो । तहसिल तर्फ ६ वटा मध्ये ३ फछयौट भईसकेका र ३ बाकी रहेका उहाँले बताउनु भयो । यस्तै कैद जरिवाना अन्तर्गत ४ करोड ६३ लाख ८९ हजार ५ सय ६४ रुपैया ६ पैसा मध्ये ३ लाख ५५ हजार ५ सय ५० असुली भएको र अझै ४ करोड ६० लाख ३४ हजार १४ रुपैया ६ पैसा बाकी रहेको छ भने कैद तर्फ  २ सय १७ वर्ष १० महीना ८ दिन मध्ये १० बर्ष ३ महीना पुरा भएको र अझै २ सय ७ वर्ष ७ महीना ८ दिन बाकी रहेको बताईएको छ । अन्तरकृया कार्यक्रममा बढी जसो महीला हिसा, यौन जन्य, घरेलु हिंशा, सम्पती हकका मुद्दा बढीरहेका जिल्ला जिल्ला अदालत अछामका न्यायधिश धर्मराज पौडयालले बताउनु भयो । 

सहभागि सञ्चारकर्मिले आगामि दिनमा पिडीतले न्याय पाउनका लागि अदालती कार्य छिटो छरितो र जनता मैत्री हुनुपर्नेमा जोड दिएका थिए । सो अन्तरकृया कार्यक्रममा पत्रकार महासघ अछामका सचिव होम साउद, सहसचिव मेनुका ढुंगाना, रेडीयो रामारोशनका कमल रावल, खप्तड न्युज दैनिक रोमन भट्ट, वैद्यनाथ दैनिकका तुल बहादुर कुवरको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला अदालतका श्रेस्तेदार दिपेन्द्रनाथ योगिले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!