खोटाङमा पेट्रोलियम पदार्थको मृल्यबृद्धिको बिरोध

Posted on: 03 Jan, 2018

चिसाङ शेर्पा/पुस १९, खोटाङ । संघिय समाजवादी विधार्थी फोरम जिल्ला समिति खोटाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धिको घोर भत्र्सना गरेको छ । 

मुल्यबृद्धिले सर्बसाधरण जनता, मजदुर, किसान, विधार्थीहरुको दैनिक जनजिवनमा ठूलो असर पर्ने भन्दै बिरोध गरेको हो ।

शैक्षिक क्षेत्रमा देखिएको बिकृती, विसङगती र आम सर्वसाधरणको पक्षमा चरणबद्ध आन्दोलन गर्दै आएको समितिले मुल्यबृद्धि तत्काल फिर्ता लिन नेपाल आयल निगम, आपूर्ति मन्त्रालय र नेपाल सरकारलाई प्रेस बिज्ञप्तीमार्फत जोडदार माग गरेको छ । 

मागको सुनुवाई नभएमा कडा आन्दोलनमा उत्रिने संघिय समाजवादी विधार्थी फोरम नेपाल खोटाङका जिल्ला उपाध्यक्ष रविन्द्र राई र जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य रविन खम्बुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । 

नेपाल आयल निगमले मंगलबारदेखी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ मूल्यवृद्धि गरेको थियो । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ बढाएको थियो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १०२, डिजेल र मट्टितेल प्रति लिटर ७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर रु एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० कायम गरिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!