सप्तरीमा दुई सयबढी महिलाको पाठेघरको क्यान्सर परीक्षण

Posted on: 05 Jan, 2018

पुस २१, सप्तरी । नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २०४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ । 

परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीद्वारा उपलब्ध विवरणअनुसार सन् २०१७ मा निःशुल्क स्वास्थ्य उपचार सेवाअन्तर्गत सो संस्थाले २०४ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन् । 

उहाँका अनुसार यस्ता परीक्षण परिवार नियोजनका लागि राजविराजस्थित कार्यालयमा समेत र संघको जिल्लास्थित अन्य स्थानमा रहेको शाखामा २५ जना महिला समूह बनेपछि एकैपटक परीक्षण भइरहेको जानकारी दिइएको छ । 

यस परीक्षणले पाठेघरमा क्यान्सर लागेको वा नलागेको कुरा पत्ता लगाई क्यान्सरको लक्षण देखा परेमा पीडितलाई परिवार नियोजनको धरान र इटहरी शाखामा पठाइने गरेको संघले जनाएको छ । 

संघले निःशुल्क परिवार नियोजनका अस्थायी साधन एवं निःशुल्क प्रजनन स्वास्थ्य सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण र सुरक्षित गर्भपतन सेवालगायतका अन्य सेवा दिँदै आइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!