असहाय बालबालिकालाई ज्याकेट वितरण

Posted on: 05 Jan, 2018

पुस २१, सुर्खेत । सडक तथा असहाय बालबालिकालाई शुक्रवार ज्याकेट वितरण गरिएको छ । गोरखा घरको आयोजना तथा सामुदायिक सुधार संस्थाको पहलमा यहा“का करिव तीन दर्जन बढी बालबालिकालाई ज्याकेट वितरण गरिएको हो । ज्याकेट वितरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पछिल्लो समय सडक बालबालिकाहरु बढ्दै गएकोले स्थानीय तहले तिनीहरुको लागि विशेष काम गर्ने जनाए ।

उनले स्थानीय तहमा गर्नुपर्ने धेरै काम हु“दा अन्यौलता थपिएकोले विभिन्न सहयोगी निकायहरुबाट पनि आ–आफ्नो क्षेत्रमा काम गरी दुःख बा“ड्न सकिने बताए । सामुदायिक सुधार संस्थाका अध्यक्ष ललित भट्टराईले सडक तथा असहाय बालबालिकाहरुलाई सानो पनि सहयोग गर्न पाउ“दा खुशी लागेको बताए । उनले क्षणिक सहयोगभन्दा दीर्घकालीन उपायहरु ल्याउनुपर्नेमा जोड दिए ।


गोरखा घरका जयन्ती सुनुवारले सडक तथा असहायक बालबालिकाहरुलाई दुव्यर्सनबाट बचाउन संस्थाले विभिन्न काम गरिरहेकोले सुर्खेत ज्याकेट वितरण गरिएको बताइन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, सुर्खेत उद्योग बाणिज्य संघका सदस्य भद्र भण्डारीलगायतले सहयोगप्रति आभार प्रकट गर्दै सडक तथा असहायक बालबालिकाका लागि दीर्घकालीन योजनाहरु ल्याउनुपर्ने सुझाव दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!