मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

Posted on: 06 Jan, 2018

पुस २२, मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका सहचालकको आज दिउँसो मृत्यु भएको छ । 

टाँडीबाट किसानचोकतर्फ आउँदै गरेको को१त ९७१६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक उर्लाबारी–४ बस्ने २५ वर्षीय दीप माझीको मृत्यु भएको हो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा स्थानीय मंगलबारे अस्पतालमा मृत्यु भएको हो । 

ट्र्याक्टरलाई नियन्त्रणमा लिए पनि त्यसका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक धनबहादुर अधिकारीले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!