कतारबाट फर्केका दुई युवाको लागत रकम मेनपावरले फिर्ता गर्यो

Posted on: 10 Jan, 2018

चिसाङ शेर्पा/पुस २६, खोटाङ । कतारबाट स्वदेश फर्केका खोटाङका दुई युवाले बिदेश जाँदा बुझाएको लागत रकम फिर्ता पाएका छन् । 

मेनपावरले भने बमोजिम काम र तलब नपाउँदा घर फर्केका रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्ले डाडाँछापका राजेन्द्र खड्का र कर्ण खड्काले वैदेशिक रोजगारीमा जाँदा लागेको रकम जनही ७० हजारका दरले मेनपावर कम्पनीबाट फिर्ता पाएका हुन् ।

दश महिना अघि कतारको स्नो ह्वाईट कम्पनीमा कारवासको काममा भनेर पठाइएका खड्काद्वयले त्यहाँपुगेपछि जे आइपर्छ सोही काम गर्न बाध्य बनेका थिए । सोही बमोजिम काम गर्दा पनि ९ महिनासम्म २ महिनाको मात्र तलव पाएपछि दुवै जना गत मंसिरमा नेपाल फर्कनुभएको थियो ।

नेपाल फर्केपछि जव लिंक मेनपावार कम्पनीलाई आफूहरुलाई पठाउँदा तिरेको रकम फिर्तागरिदिन आग्रह गरेका थिए । सुरुमा मेनपावर कम्पनीले रकम फिर्ता गर्न आलटाल गरेपछि सदरमुकाम दिक्तेलस्थित सुरक्षित आप्रवासन, सुचना तथा परामर्श केन्द्रमा रकम फिर्ता गराइदिन निवेदन दिएका थिए । 

मेनपावर कम्पनीलाई रकम तिरेको कुनै भर्पाई नभएपनि आइएमई मार्फत रकम पठाएको भौचरका आधारमा सुचना केन्द्रले रकम फिर्ता गराउन पहल गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!