महोत्तरीमा चिसोका कारण तीन वर्षीय बालकको मृत्यु

Posted on: 11 Jan, 2018

पुस २७, गौशाला । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा तीन वर्षीय मोहित ठाकुर रहेको मृतकका हजुरआमा प्रेमा देवीले बताउनुभयो । 

लगातारको असहनीय जाडोकाबीच चार÷पाँच दिन अगाडि आफ्नै घर अगाडि खेलिरहेका बालक ठाकुर चिसो लागेर अचानक बिरामी भई लडेका थिए । चिसो लागेर बिरामी भएका बालक ठाकुरलाई परिवारजनले तत्कालै भारत बिहारको सीतामढी जिल्लाको पुपरी लगेर उपचार गराएका थिए । 

तर त्यहाँ पनि उनलाई सञ्चो नभएपछि भारतकै सिमरी थप उपचारका लागि लगिएको र त्यहीँको उपचार चलिरहेकै बेला बुधबार पुनः अत्यधिक चिसोले उनको श्वासप्रश्वास अवरुद्ध भएर घरमै मृत्यु भएको उनकी हजुरआमा प्रेमा देवीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!