नुवाकोटमा मिनीट्रकको ठक्करबाट एकको मृत्यु

Posted on: 15 Jan, 2018

माघ १, नुवाकोट । मिनीट्रकको ठक्करबाट बेलकोटगढी नगरपालिका–१० का यमबहादुर पाण्डेको आज मृत्यु भएको छ । 

घर नजिकै सडक छेउमा हिडिरहेका ६० वर्षीय पाण्डेलाई बा.४ ख ८०३० नं. को मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!