रामेछाप प्रहरीको सक्रियता : फरार अभियुक्त २९ वर्षपछि पक्राउ

Posted on: 21 Jan, 2018

माघ ७, रामेछाप ।

जिल्ला अदालत रामेछापबाट ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । रामेछाप जिल्लाको साविक भुजी गाविस८ हाल उमाकुण्ड गाउँपालिका९ वस्ने वर्ष ५६ बर्षिय हरि बहादुर सुनुवार भन्ने ज्ञान कुमार सुनुवार शनिबार पक्राउ परेका हुन् ।


सुनुवार २०४५ साल कात्तिक ३ गते भुजीका कमलबहादुर सुनुवारको हत्या गरी फरार भएका थिए । घटना घटाए पश्चात फरार भई भारतको सिलाङ्गमा बस्दै आएको र उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको विशेष अनुसन्धान टोलीले खोजी गरिरहेको थियो ।


केही दिन अघि आफ्नै घरमा आई लुकि वसेको भन्ने सुराकीको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीले सुनुवारलाई आइतबार जिल्ला अदालत रामेछापमा पेश गरेपछि आइतबारै रामेछाप कारागार पठाएको छ  रामेछापमा पछिल्लो समय अदालतले दोषी ठहर्याएका र लामो समयदेखी फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ हुन थालेका छन् ।

 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!