बझाङमा २१ किलो ८ सय ग्राम चरेश सहित एक युवक पक्राउ

Posted on: 24 Jan, 2018

सम्राट सिंह | माघ १०, बझाङ | जिल्लाको केदार स्यू गाउँपालिका १ मा २१ किलो ८ सय ग्राम चरेश सहित एक युवक पक्राउ परेका छन । मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक माधव बिश्वकर्माको टोलीले दुर्गाथली गाउँपालिका ६ बस्ने ३० बर्षिय कलक जाग्रीलाई चरेश सहित पक्राउ गरेको हो ।

पक्राउ परेका जाग्रीलाई ठेकदारले एक कट्टा चामल दिने आश्वासनमा चरेश ढुवानी गर्न लगाएको बुझिएको छ । जिल्लामा सधै चरेश पक्राउ पर्ने तर वास्तविक चरेशका व्यापारी पक्राउ नपरेर भरियाहरु मात्र पक्राउ पर्ने गरेको संञ्चारकर्मी हेमराज खैरले बताए । प्रहरीले अनुसन्धान गरी भरियालाई नभएर चरेश व्यापारीलाई पक्राउ गरी कारबार्हि गर्नुपर्ने उनको भनाइ छ । 

जिल्लामा प्रत्येक बर्ष ठूलो परिमाणमा चरेश पक्राउ पर्ने भएतापनि यसको व्यापार भने प्रत्येक बर्ष बृद्घि भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले यस आर्थिक बर्षमा मात्र ८० किलो ४ सय ग्राम चरेश पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाको ग्रामिण भेगका बासिन्दाहरुको मुख्य आम्दानीको स्रोत चरेश व्यापार नै बनेको छ । जिल्लामा पटक पटक अबैध चरेश पक्राउ पर्ने तर प्रहरीले वास्तविक चरेश व्यापारीलाई पक्राउ गर्न सकेको छैन । पक्राउ पर्ने गरेका छन मात्र दिन मुजूरी गरी गुजारा चलाउने भरिया रु

प्रहरीको बिषेश सुचनाको आधारमा चरेश पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक माधव बिश्वकर्माले बताए । पक्राउ परेका जाग्रीको अनुसन्धान भइरहेको र वास्तविक चरेश व्यापारी पत्ता लगाई लागु औषध ऐन सम्बन्धि कारबार्हि गरिने उनको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!