दाङमा पौडी खेल्ने क्रममा एकैघरका दुई बालकको डुबेर मृत्यु

Posted on: 24 Jan, 2018

माघ १०, दाङ । पौडी खेल्ने क्रममा बुधबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुई बालकको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कुँवरका १२ वर्षीय छोरा राजकुमार कुँवर र १० वर्षीय कुमार कुँवर छन् ।

उनीहरू आजैमात्र सल्यानबाट दाङ आएका थिए । रासस  


यस बिषयमा तपाइको प्रतिक्रिया...!