मोरङमा एक हजारलाई कम्बल वितरण

Posted on: 25 Jan, 2018

माघ ११, विराटनगर | मोरङको जहदा गाउँपालिकाअन्तर्गत विपन्न परिवारका एक हजारलाई यहाँ बुधबार न्यानो कम्बल वितरण गरियो ।  

पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले जहदा गाउँपालिका, भ्रातृ सामुदायिक कल्याण समाज र एमएमसी (मननाइट सेन्ट्रल) नेपालको सहयोगमा प्रदान गरिएको करिब रु सात लाख मूल्य बराबरको कम्बललगायतका अन्य कपडा वितरण गर्नुभयो । 

मोरङ क्षेत्र नं ५ बाट विजयी हुनुभएका सांसद शिवकुमार मण्डलले कम्बल वितरण गर्दै यस क्षेत्रका जनतालाई आउँदा दिनमा रोजगारीमूलक कार्यक्रम सञ्चालन गरी आफैँ सक्षम बनाउन लाग्नुपर्ने बताउनुभयो । 

मोरङ प्रदेशसभा सदस्य जयराज यादवले यस क्षेत्रमा रोजगारीमुलुक कार्यक्रमको सञ्चालन गरी जनतालाई समक्ष बनाउने आवश्यकत्तामा जोड दिनुभयो । 

जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सोही गाउँपालिकाका उपाध्यक्ष सालो साह, वडा नं २ र ३ का अध्यक्ष क्रमशः राजेश श्रेष्ठ, अनिल ठाकुर र भ्रातृ सामुदायिक कल्याण समाजका निर्देशक शेमलाल हेमरम, उपाध्यक्ष पिटर मोहन लिम्बू तथा गणेश साहले आगामी दिनमा शिक्षालगायतका अन्य कार्यक्रम गर्ने बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!