धनुषामा टाटा सुमो दुर्घटना हुँदा ६ को मृत्यु, ४ जना घाइते

Posted on: 27 Jan, 2018

माघ १३, धनुषा । काठमाडौँबाट झापाका लागि छुटेको टाटा सुमो धनुषामा दुर्घटना भएको छ ।

शनिबार बिहान धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा बा ९ च ३३१४ नम्बरको टाटा सुमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् ।

दुर्घटनमा मृत्यु हुनेमा विराटनगरका वर्ष ४५ की शारदा रेग्मी दाहाल, विराटनगरकै वर्ष ३२ का प्रल्हाद न्यौपाने, खोटाङ निर्मलडाँडाका वर्ष २७ का ज्ञानबहादुर चौहान, मोरङ लेटाङ ८ का वर्ष ४० का खेमकुमार रानामगर, संखुवासभा धर्मदेवी वडा न ९ का २९ वर्षका नयाराज जिमी र पाँचथर रवि छ का वर्ष ३१ का प्रनिता राई रहेको डिएसपी प्रविन धितालले बताए ।

घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!