महोत्तरीको निर्माण व्यवसायी संघमा राय प्यानलसहित विजयी

Posted on: 28 Jan, 2018

माघ १४, गौशाला | निर्माण व्यवसायी संघ महोत्तरीमा राजेश्वर राय प्यानलसहित विजयी हुनुभएको छ । 

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए राति अबेर सम्पन्न संघको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी मुनेश्वर चौधरीलाई २९ मतले पराजित गर्नुहुँदै राय विजयी हुनुभएको हो । 

सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा राजेश्वर रायले ७७ मत ल्याउँदै विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी मुनेश्वर चौधरीले ४८ मत ल्याउनुभएको निर्वाचन अधिकृत सुनिल पंकज कर्णले बताउनुभयो । 

त्यस्तै उपाध्यक्षमा अमितकुमार साह , द्वितीय उपाध्यक्षमा सोवीन्द्र चौधरी, सचिवमा विमलेशकुमार सिंह , उपसचिवमा विकासकुमार भगत र कोषाध्यक्ष पदमा अरुणकुमार झा विजयी हुनुभएको छ । 

त्यसैगरी सदस्यहरूमा लवकुमार झा, तेजनारायण सिंह , राजेन्द्र यादव, चुनाबहादुर कोइराला र बबिताकुमारी साह विजयी हुनुभएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!