झापामा मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

Posted on: 28 Jan, 2018

माघ १४, भद्रपुर | झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलितरु एक लाख २१ हजार २३० मिर्गौलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ । 

झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गौला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् । 

रकम हस्तान्तरण गर्दै एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालले पकुवालको शीघ्र स्वास्थ्यलाभको काम गर्नुभयो । पीडित पत्रकारको दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताइएको छ । 

कुष्ठरोगी बढ्दै 

जिल्लामा कुष्ठरोगीको संख्या बढ्दै गइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । गत आवमा १५७ कुष्ठरोगी रहेको झापामा चालु आवको पहिलो चौमासिकमा मात्र १५३ रोगी पाइएको छ । 

दोस्रो चौमासिकमा ३२ महिला तथा ४१ पुरुष गरी ७३ नयाँ कुष्ठरोगी थपिएकामा उपचार पूरा गरी ३६ जना स्वस्थ्य भएका छन् । पाँच जना उपचार छाडेर बेपत्ता भएको क्षय कुष्ठरोग अधिकृत प्रमोद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा हाल १९४ रोगी उपचारमा छन् । कुष्ठरोगको शङ्काका घेरामा परेका १६ हजार ८११ जनालाई औषधि खुवाइसकिएको बताइएको छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!