युनियनको अधिवेशन माघ १९ गतेबाट भरतपुरमा

Posted on: 31 Jan, 2018

माघ १७, चितवन | अस्पताल विकास समिति कर्मचारी युनियन केन्द्रीय समितिको तेस्रो महाधिवेशन यही माघ १९ गतेबाट २१ गतेसम्म भरतपुरमा हुने भएको छ । 

युनियनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विधान संशोधन गर्दै संघीय ढाँचामा नयाँ कार्यसमिति चयन गर्ने जनाएको हो । 

युनियनका कार्यवाहक अध्यक्ष सञ्जय बरालले देशभरमा ६५ वटा अस्पताल विकास समिति रहेकामा हालसम्म ३५ वटा विकास समितिका कर्मचारी युनियनमा समेटिएको बताउनुभयो । सबै अस्पताल विकास समितिका कर्मचारीलाई समेट्ने गरी यो महाधिवेशन सम्पन्न गर्न लागिएको उहाँले बताउनुभयो । 

अस्पताल विकास समितिमा ३५ हजार कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सक रहेको भन्दै उहाँले उनीहरुलाई उचित स्थानमा समायोजन गर्नुपर्ने मुख्य एजेण्डा रहेको बताउनुभयो । बरालका अनुसार करिब एक हजार ३०० कर्मचारी विकास समितिको स्थायी छन् भने अरु सबै करारमा रहेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!